दाहाल प्रतिष्ठानका पदाधिकारीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, ५ बैशाख । दाहाल प्रतिष्ठानका केन्द्रीय पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई भेटी नयाँ वर्षको शुभकामना दिएको छ । आज अपरान्ह आएको उक्त प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई लाजिम्पाटमा भेट गरेको हो । ‘विश्व बन्धुत्वका लागि भातृ बन्धुत्व’ भन्ने आव्हानका साथ आएको उक्त प्रतिनिधि मण्डलले प्रतिष्ठानले सामाजिक क्षेत्रमा खेलेको भूमिकाका बारेमा रिपोर्ट प्रस्तुत गरेको थियो । भेटमा अध्यक्ष प्रचण्डले सबैले आफ्नो इतिहासको गौरवलाई स्थापित गर्नु राम्रो काम भएको बताउनु भयो । उहाँले सबैले आफ्नो इतिहास खोजेर नै राष्ट्रिय एकता कायम हुने बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार २२:२:५९