नेपाली क्रिकेट खेलाडीलाई अध्यक्षबाट बधाई

काठमाडौं, ६ चैत । अध्यक्ष प्रचण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले आज देखाएको खेल कौशलताको प्रशंसा गर्दै बधाई दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्षले बधाई दिँदै भन्नुभएको छ, ‘वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको आजको दोस्रो जितका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकमा हार्दिक बधाई छ’ । आजको खेलमा नेपालले  नेपालले नामिबियाबिरुद्ध दोस्रो जित हासिल गरेको हो । यसअघि शनिबार सम्पन्न खेलमा पनि नेपालले ५ विकेटले जीतेको थियो ।

कात्तिक ७, २०८१ बिहीबार ०:१४:४०