दिवंगत कुलप्रसाद दाहालप्रति अध्यक्ष प्रचण्डबाट श्रद्धाञ्जली अर्पण

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार देवघाटधाममा नेकपा तीन नम्बर प्रदेश अध्यक्ष नारायण दाहालका स्वर्गीय पिता कुलप्रसाद दाहाललार्इ पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

स्वर्गीय दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा पार्टी नेता तथा कार्यकर्ताको देवघाटमा घुइँचो लागेको थियो । ९२ बर्षिया कुलप्रसाद दाहालको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डका ठुलोबुबा समेत रहेको दाहाल चितवनमा कास्कीबाट २०१९ सालमा बसाई सरेर आएका थिए । भने २०३६ सालदेखि भुमिगत रुपमा किसान संगठनका नेताको भुमिका निभाउदै नेपाली कम्यूनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

कात्तिक ८, २०८१ शुक्रबार १:६:७