देश गरिब र पछौटे भएपछि सबैले हेप्नछन्: अध्यक्ष प्रचण्ड

चितवन, १० पुस। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देश गरिब र पछौटे भएपछि सबैले हेप्ने समेत बताउनु भएकाे छ । भारतपुर महानगरपालिका-२७, मेघौलीस्थित जानकी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै देश गरिब भएपछि अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले पनि आफ्ना ऐनकानुनमा ससाना बखेडा झिकेर दुःख दिने गरेको समेत बताउनुभयाे । माडीको पुल निर्माणमा युनेस्को आदि संस्थाहरूको अवरोध देखिएको भन्ने कुरामा टिप्पणी गर्दै प्रचण्डले यसो भन्नुभएकाे हाे ।

अध्यक्षले आउँदो चार वर्षमा चितवन जिल्लाका सबै बाटोहरू पक्की गरिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । चितवन जिल्ला लगायत देशभरिकै अव्यवस्थित बसोबासको समस्या हाल गर्न पहल भैरहेको समेत उहाँकाे भनाई थियाे ।

आफ्नो संक्षिप्त सम्बोधनका क्रममा वडा नम्बर २७ मा पेतली खोलाको पुल निर्माणमा समेत आफ्नो भूमिका रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे । त्यस्तै प्रचण्डले शिक्षा स्वास्थ्य र रोजगारीको क्षेत्रमा उल्लेख्य प्रगति हुने आशा समेत व्यक्त गर्नुभयाे। त्यस्तै अध्यक्ष प्रचण्डले नारायणी र राप्तीको किनारमा तटबन्ध सहितको रिङरोडको लागि डीपीआर बनाउने बहुवर्षीय योजनामा पारिनु ठुलो उपलब्धिहरू रहेको बताउनुभयाे।

आफू पार्टीको राष्ट्रिय अध्यक्ष र पूर्व प्रधानमन्त्री भएकाले समग्र देशको विकास निर्माणबारे आफ्नो उत्तिकै चासो रहेको भए पनि चितवनको जनप्रतिनिधि हुनुको कारण यस जिल्लाप्रति आफ्नो विशेष जिम्मेवारी रहेको समेत प्रचण्डको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार २१:१३:५२