माओका विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीयः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनु भएको छ ।

आज जारी शुभकामनामा अध्यक्षले भन्नुभएको छ, ‘माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।’ अध्यक्षले शुभकामनामा कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभएको पनि उल्लेख गर्नुभएको छ ।
अध्यक्षद्वारा जारी गरिएको विज्ञप्तीको पूर्ण अंशः
चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभयो । माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय र सान्दभिक छ ।
– पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

कात्तिक ७, २०८१ बुधबार २३:३७:१६