‘देशको स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षाको निम्ति राष्ट्रिय एकता’ (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । अध्यक्ष प्रचण्डले पूनर्निर्माण, संविधान कार्यान्वयन, देशको आर्थिक विकास, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षाका निम्ति पनि राष्ट्रिय एकताको आवश्यक भएको बताउनु भएको छ । मुस्लिम सरोकारका विषय वस्तु लगायत संवैधानिक मुस्लिम आयोगको भावी कार्य दिशा विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले वर्तमान संविधान बन्न नदिन नेपालीहरुकै बीचमा झगडा पैदा गराएको उल्लेख गर्दै सबै चुनौतीहरुको सामना गरेर संविधान जारी गरेको बताउनु भयो ।

‘संविधानमा धेरै विषयहरुको सम्बोधन भएका छन् तर यस भित्र २ अतिवादी सोच छन् । एउटा संविधान सबैरुपले पूर्ण छ, परिवर्तन आवश्यक छैन भन्ने र अर्को संविधानमा कुनै उपलब्धी छैन भन्ने सोच छन् ।’ उहाँले संवैधानिक मुस्लिम आयोग बनेको बताउँदै यसले सरकारलाई निर्देशन गर्ने हैसियत राख्ने जानकारी दिनुभयो । मुस्लिम समुदाय दलितभन्दा पनि धेरै पर राखिएको समुदाय भएको उहाँको धारणा थियो । उहाँले भन्नुभयो,‘तर अहिले तीब्रताका साथ विकास गर्दै मुस्लिम समुदाय अगाडि आएको छ ।’ उहाँले मुस्लिम आयोगलाई फेरी निरन्तरता दिन पहल गरिने पनि बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार १९:१०:५५