नारायणी नदी डुबान क्षेत्रमा अध्यक्ष प्रचण्डद्वारा स्थलगत अनुगमन (फोटोफिचर)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गर्नुभएकाे छ ।

भरतपुर महानगरपालिका वडा नं. २६ को सिसई क्षेत्रको अनुगमन गर्दै उहाँले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको बिस्तृत गूरूयोजना बनाई काम अगाढी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताउनुभयाे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पीडामा परेका स्थानिय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । अनुगमनको क्रममा स्थानीयवासीले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनीकरण गर्न आफूले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताउनुभयाे ।

आज नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रसासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसँग छलफल समेत गर्नुभयाे । बाढीले भरतपुर महानगरपालिकाको वडा नं. ३ को दोभान चोक, वडा नं. १६ को झनझने र वडा नं. २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।

कात्तिक ६, २०८१ बुधबार ५:१०:४८