नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्षद्धारा प्रधानमन्त्रीलाई बधाई

श्रावण २९, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिनुभएको छ ।
शनिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वैद्यले प्रधानमन्त्रीलाई कार्याकालको सफलताको शुभकामना दिनुभएको हो । भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेकोमा क्रान्तिकारी माओवादीका अध्यक्षलाई धन्यवाद दिनुभएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार २१:२:७