नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरोको बैठक जारी

काठमाडौं, असार २२ गते । नेकपा (माओवादी केन्द्र) को बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा जारी रहेको छ । आज बसेको जारी बैठकमा संगठनात्मक र निर्वाचन विधिबारे कार्यदलको प्रस्तुत रिपोर्ट माथि २२ जना सदस्यहरुले धारणा राख्नु भयो । जारी बैठकमा भिषा प्रकरणका सम्बन्धमा छनबिन गर्न तीन सदसीय रहेको छानबिन कमिटि बनेको छ, उक्त कमिटिले ७ दिनभित्र छानबिन सम्बन्धी प्रतिवेदन बुझाउन निर्देशन गरिएको छ । जारी बैठक बिहीवार ११ः०० बस्ने गरी स्थगित भएको छ ।

कात्तिक ९, २०८१ शनिबार १:१७:५५