नेकपा (माओवादी केन्द्र) काे पोलिटब्युरो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

काठमाडौं, असार २३ । नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बसी निम्न निर्णयका साथ सम्पन्न भयो ।

१. संगठन र निर्वाचन प्रणालीबारे कार्यदलले दिएको कार्यविधिको छलफलमा आएका सुझावलाई केन्द्रीय कार्यालयले परिर्माजन गर्ने र आगामी भदौ २ गते बस्ने केन्द्रीय आयोजक समितिको बैठकले पारित गरी कार्यान्वयनमा जाने ।
२. केन्द्रीय कार्यालयले पहिला नै प्रस्ताव गरेको सम्मेलन सम्बन्धी निम्न कार्यतालिका अनुमोदन गर्यो –
– पार्टी, मोर्चा र जबसको तल्लो तहसम्मको एकता प्रक्रिया साउन महिना भरीमा पुरा गर्ने ।
– पार्टी सदस्यता नविकरण, अभिलेखिकरण भदौ महिनामा भरमा गर्ने ।
– वडा, गाउँ र नगरपालीकाको सम्मेलन असोज महिनाभरमा सम्पन्न गर्ने ।
– जिल्ला सम्मेलन कार्तिक महिनामा सम्पन्न गर्ने ।
– प्रदेश सम्मेलन मंसिर महिना भरीमा सम्पन्न गर्ने ।
३. आगामी महाधिवेशन पुस २३ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने ।
४. देशमा विभिन्न भुभागमा वर्षाकका कारण भएको बाढी पहिरोमा परेका जनताको उद्धार राहतलाई तिव्र पार्न सरकारसित माग गर्ने –
– स्थानीय पार्टीलाई पंक्तिलाई राहत र उद्धारमा लाग्न निर्देशन दिने ।
– बैठकले बाढी पहिरोमा परी मृत्यु हुनेप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्यो ।
५. भुकम्प प्रभावितहरुलाई दिने राहत र पुनर्निमाणको कामलाईब तिव्रता दिन सरकारसित माग गर्ने ।
६. नेकपा (एमाले) सित विगतमा भएका सरकार सम्बन्धी सहमति र समझदारीलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने ।
शान्ति प्रक्रिया सम्बन्ध िविषय, पुनर्निमाण, आन्दोलनरत मधेशी, थारु र जनजाति जनताका सकारात्मक माग सम्बोधन गर्न र विभिन्न तहका निर्वाचन सम्पन्न गर्न राष्ट्रिय राजनीतिक सहमति र सहमतिको सरकार जरुरी भएको निष्कर्षमा पार्टी पुगेको तथा त्यसको पहलकदमी पार्टीले लिने निर्णय गर्यो ।

कात्तिक १०, २०८१ शनिबार ९:१:१३