नेताहरुको निधनको पीडालाई अब शक्तिमा बदल्नुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टाीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटनमन्त्री रविन्द्र अधिकारी नेता भरतमोहन अधिकारीको निधनबाट पाठ सिकेर उहाँहरुको सपना पुरा गर्न लाग्नुपर्ने बताएका छन् ।

दिवंगत पार्टीका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र नेता भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले दुबै नेताहरुको निधनले ठुलो पीडा भएको भन्दै त्यो पीडालाई अब शक्तिमा बदल्नुपर्ने बताए ।

राष्ट्रले अकल्पनिय क्षति बेहोर्नुपरेको भन्दै प्रचण्डले दिवंगत नेताका परिवारलाई पनि नेताहरुको सपना पुरा गर्न संकल्प गर्न आग्रह गरे । मन्त्री अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा र पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते उपचारका क्रममा निधन भएको थियो ।

उहाँले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएकाका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्ने बेला आएको बताउनुभयाे। अध्यक्ष प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु ‘पहाडभन्दा ग्रहुंगो’ भएको बताए। उनले लाखौँ जनतालाई तरंगित पार्दै भएका निधनबाट शिक्षा लिनुपर्ने बताउनुभयाे।

अध्यक्षले फागुन महिना शोक र श्रदाञ्जलीमा बिताउनुपरेको बताए। फागुन १ गते जनयद्ध र जनआन्दोलनका सहिदहरूप्रति र त्यसपछि अन्य दिवंगतहरूको निधनमा बिताउनु परेको बताउनुभयाे।

उहाँले देशको राजनितिक परिस्थितिको विशिष्ट मोडमा रहेको बताउनुभयाे। ठूलो राजनीतिक अवसर छ र चुनौती सँगसँगै आएको उहाँको भनाइ थियो। लामो संघर्ष र बलिदानपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा पुगेको भन्दै उनले रवीन्द्र र भरतमोहनले दिएको योगदान यसमा महत्वपूर्ण रहेको बताउनुभयाे।

उनीहरूले जीवन नै अर्पण गरेको उहाँको भनाइ थियो। प्रचण्डले सबै संसारबाट विदा हुनुपर्ने यथार्थ रहेको भन्दै राष्ट्र निर्माणमा लाग्न पनि आग्रह गर्नुभएकाे थियाे ।

कात्तिक ९, २०८१ शुक्रबार १२:९:२८