नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठक सम्पन्न

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालयकाे तेस्राे बैठक सम्पन्न भएकाे छ । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बिहीबार दिउँसो ३ बजे बस्ने पार्टीकाे स्थायी समिति बैठकका लागि एजेण्डाहरू तय गरेको छ ।

भोलि दिउँसो ३ बजे बस्ने स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्ड र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले समसामयिक राजनीति र विशेष गरी प्रधानमन्त्रीको चीन भ्रमण र सरकारका काम कारबाहीका बारेमा रिपोर्ट गर्नुहुने भएकाे छ ।

पार्टीको प्रस्तावित नियमावलीका बारेमा बैठकमा पनि स्थायी समिति बैठकमा छलफल हुनेछ ।

कात्तिक ७, २०८१ बुधबार १६:१५:०