नेपाल सरकार मन्त्री परिषद्को बैठक सम्पन्न

श्रावण २१ काठमाडौं । नेपाल सरकार मन्त्रीपरिपद्को बैठक आज सिंहदरवारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले संघीय गठबन्धनदले राखेका मागहरुबारे महत्वपूर्ण निर्णय गरेको छ ।
मन्त्री परिपरिषद् बैठकले तराई मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई एक हप्ताभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रु. १० लाख राहत उपलब्ध गराउने, घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने, सो प्रयोजनका लागि सरकारले सम्बन्धित अस्पतालहरुलाई उपचार खर्च वापतको रकम भुक्तानी गर्ने, अपांगहरुको अभिलेख संकलन गरी राहत उपलब्ध गराउने, स्थानीय प्रशासनमार्फत् अभिलेख संकलन गरी आन्दोलनको भएको क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्ने लगायतका निर्णयहरु छन् ।
मन्त्री परिषद् बैठकले परराष्ट्र सेवाका बाहेक सुनुवाईको प्रक्रियामा रहेका राजदुतहरुको निर्णय फिर्ता लिने निर्णय गरेको छ ।

कात्तिक ७, २०८१ बुधबार १५:१३:२९