‘नेपाललाई विश्वमा परिचित गराउन र अन्तर्राष्ट्रिय भातृत्व विकास गर्न खेलकूद उपयोगी’

चितवन, २४ फागुन । अध्यक्ष प्रचण्डले नेपाललाई विश्वमा परिचित गराउन र अन्तर्राष्ट्रिय भातृत्व विकास गर्न खेलकूद उपयोगी भएको बताउन भएको छ । चितवनको पटिहानीमा आइतबारदेखि शुरु भएको पद्मोदय युवाक्बल पटिहानीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
उहाँले नेपाललाई परिचित गराउन र अन्तर्राष्ट्रिय भातृत्व विकास गर्न खेलकूद उपयोगी खेलकूद नेपाललाई विश्वसामु परिचित गराउने ब्यारोमिटर बन्न पुगेको पनि बताउनु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले खेलकूदबाट राष्ट्रिय एकता मजबूद बनाउन समेत महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । पटिहानीका यूवाहरुले पछिल्ला केही बर्ष यता आयोजना गर्दै आएको भलिवल प्रतियोगिताले चितवन र नेपाललाई परिचित गराउन र अन्तर्राष्ट्रिय भातृत्व विकासमा समेत खेल उपयोगी भएको आफुले पाएको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा नेपाली खेलाडीले देखाएको योगदान र उनीहरुको लगनशीलताले देशलाई थप उचाईमा पु¥याउन सफलता मिल्दै आएको र यो खेलमा पनि भारत, बंगलादेश, भुटानसमेतको सहभागीताले ती देशहरुसंग भातृत्व विकासमा पनि यो खेल सहयोगी माध्यम बन्न सक्ने उहाँको आकलन थियो ।
आफुले बाल्यकालमा उक्त क्षेत्रमा खेलेको स्मरण गर्दै प्रचण्डले वर्तमान जागरुकताले ज्यादै गहिरो अनुभूति मिलेको बताउनु भएको थियो ।
तीन वटा विदेशीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि छ वटा टीमले भाग लिएको उक्त भलिबल प्रतियोगिताको प्रथम, दीप्तीय र तृतीय हुने टीमले क्रमसः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पदमोदय यूवा क्लबले शुरु गरेको पुरुष भलिबल प्रतियोगिता खेललाई पर्यटन संग जोड्न, पटिहानी क्षेत्रलाई परिचित गराउने उद्धेश्यको साथ जिल्लास्तरीय हुदै, राष्ट्रिय र यस बर्ष देखि उक्त प्रतियोगितालाई स्तर उन्नती गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा विकास गरेको हो ।

आइतबार, सोमबार र मंगलबार चल्ने प्रतियोगिताको उद्घाटन सत्रको क्लबका अध्यक्ष रामहरी सेढाईको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्र कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले प्रतियोगिता सफलताको कामना गर्नु भएको थियो ।

खेलको पहिलो दिन सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल र दोस्रो खेल नेपाल प्रहरी र वाटर डेभलप्मेन्ट बोर्ड बंगलादेशबीच भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लबले बिजयी शुरुआत गरेको छ भने दोस्रो खेलमा समूह  ‘ए’ को नेपाल पुलिस क्लब र वाटर डेभलेपमेन्पट बोर्ड बंगलादेश खेलिरहेका छन् ।

कात्तिक ८, २०८१ बिहीबार १२:७:१९