प्रतिक्रियावादीको हेपाईको प्रतिकार गर्न माओवादी एकताः अध्यक्ष प्रचण्ड

चितवन, २४ फागुन । अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीको हेपाईको प्रतिकार गर्न माओवादी एकता आवश्यक भएको बताउनु भएको छ । आइतबार चितवनका अगुवा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनु हुँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, माओवादीहरु बीचको एकताले जनता र कार्यकर्ताहरुमा नयाँ उर्जा पैदा हुनेछ । जिल्ला पार्टीले आयोजना गरेको उक्त प्रशिक्षणमा अध्यक्ष प्रचण्डले एक बर्ष पार्टीको निम्ति काम गर्न निर्देशन दिनु भएको छ । तपाईहरुले एक बर्ष पार्टीको काम गर्नु भयो भने पार्टी एक नम्बर हुन्छ उहाँले भन्नुभयो ।

आफुले पनि कामको सिल्सीलामा धेरै गल्ती गरेको स्वीकार गर्दै देश यतिवेला एजेण्डाको दृष्टिकोणले पहिलो भएपनि समग्रमा पार्टीलाई ठूलो बनाउन नसकिएको उहाँको स्वीकारोक्ति थियो । हिजो ठूलो पार्टी हुँदा आफुहरु बढी हौसिएको परिणाम पछिल्लो संविधानसभा चुनावमा तेस्रो पार्टी हुनु परेको स्वीकार गर्दै अवको चुनावमा एजेण्डा मिल्ने जो कोहीसंग पनि तालमेल गरि जानुपर्ने उहाँको भनाई थियो ।

यसैबीच आइतबार विहान चितवनको भरतपुरमा क्रान्तिकारी पत्रकार संघ चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले राखेका प्रश्नको उत्तर दिदै प्रचण्डले यतिवेलाको मुख्य विषय बस्तु भनेको राष्ट्रिय एकतानै भएको पटकपटक दोह¥याउनु भयो । उहाँले भन्नुभयो, “यतिवेला संविधान कार्यान्वयको लागि राष्ट्रिय एकताको खाँचो छ, स्वाधिनताको रक्षा र सुद्रिढीकरणको लागि राष्ट्रिय एकताको खाँचो छ । मेरो चिन्ता पनि त्यसैमा छ मलाई अहिले प्रधानमन्त्री र राष्ट्रपति बन्नु भन्दा मैले यतिवेला राष्ट्र र जनता प्रतिको जुन जिम्मेवारीको पाएको छु म यसैमा सन्तुष्ट छु ।”

पछिल्लो चरणमा सुशील जीलाई पनि राष्ट्रिय सहमतिको सरकार आवस्यक छ भन्ने महशुस भएको प्रसंग उठाउँदै पूर्व प्रधानमन्त्री दाहालले काँग्रेस महाधिवेशन सकिएपछि फेरी सबै राजनीतिक दल र घटकहरु बीच छलफल गर्ने र राष्ट्रिय सहमति कायम गर्ने तर्फ जान्छ भन्ने आफुले  ठानेको बताउनुभयो । सरकारको नेतृत्वको विषयमा उठाइएको प्रश्नमा प्रचण्डले यस्ता विषय सहमतिको बाधक बन्न सक्ने तर्फ संकेत गर्नुभयो । उहाँले सरकार गिराउने बनाउने कुराले राष्ट्रिय सहमति हुन सक्दैन १६ बुँदे सहमति गर्दा जे मान्यता रहेको थियो त्यसैको आधारमा राष्ट्रिय सहमति गर्नु बढी सान्दर्भिक, बैज्ञानिक बस्तुवादी र राष्ट्रको समेत हितमा हुने उहाँको उत्तर थियो ।

विगतमा जहाँ गल्ती भएको थियो त्यहीबाट सच्याउनु आवस्यक रहेको बताउँदै प्रचण्डले पहिला एक पटक गिरीजाप्रसाद कोइरालाले भन्नु भएको थियो जंगलमा हराइयो भने बाटो पत्तालगाउन हराएको ठाउँको खोजी गर्नुपर्दछ भन्नु भएको थियो ठीक त्यस्तै जहाँबाट गल्ती भएको छ त्यहीबाट सच्याउन शुरु गर्नुपर्दछ । जनताले दुख पाएका छन् सरकारनै छैन जस्तो अवस्था छ भनेर पत्रकारले गरेको प्रश्नमा उहाँले एकातर्पर्m नाकाबन्दी र अर्को तर्फ बन्द हडताल निकै प्रतिकूल अवस्थामापनि यो सरकार राष्ट्रियताको विषयमा दह्रो संग उभिएको र केही कामको थालनी गरेको दाबी गर्नुभयो । उहाँको भनाई थियो, “काम केही पनि भएका छैनन भन्ने अवस्था छैन पुननिर्माण विधेयक बन्यो, काम अगाडी बढ्का छन्, निकट भविस्यमा उर्जा संकट लागु गरिंदै छ । उल्लेख्य काम भएनन भन्ने होइन प्रधानमन्त्रीको भारत भ्रमण पछि नेपाल भारतबीचको सम्बन्ध केही सुधार आएको र छिट्टै प्रधानमन्त्री चीन जाने भएपछि उत्तर तर्फको पनि सम्बन्ध विकास हुने उहाँको आसयपूर्ण उत्तर थियो । उहाँले पछिल्ला दिनहरुमा सकरात्मक पहलहरु हुँदै आएको दाबी गर्नुभयो ।

तपाई प्रधानमन्त्री बन्दै हुनुहुन्छ भन्ने छ नी भन्ने प्रश्नको ठाडै अस्वीकार गर्दै प्रचण्डले हिजा प्रचण्ड राष्ट्रपति बन्दै छ भन्ने पनि हल्ला भयो, जव मेरै सक्रियताले राष्ट्रपति बनाइएपछि त्यो भ्रम मेटियो । प्रधानमन्त्री पनि हामीले बनायौं अझै प्रधानमन्त्रीको कुरो आएको छ यो विल्कुल सत्य होइन भन्ने उत्तर दिनुभयो । प्रचण्डले वर्तमानमा आफुले निभाएको भूमिका प्रधानमन्त्री, राष्ट्रपति भन्दा पनि राष्ट्रप्रतिको जिम्मेवारीको  हिसाबले महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफनो भूमिकालाई अवसरको रुपमा लिएको बताउनुु भएको थियो । उहाँको उत्तर थियो, “प्रधानमन्त्री र राष्ट्रपतिको जिम्मेवारी भन्दा मैले यतिवेला राष्ट्र र जनता प्रतिको जुन जिम्मेवारीको पाएको छु म यसैमा सन्तुष्ट छु ।”

schooling_chitwan-doc2
मधेस आन्दोलन फेरी हुने भन्ने सुनिएको विषयमा राखिएको एक प्रश्नमा पूर्व प्रधानमन्त्री प्रचण्डले फेरी मधेस आन्दोलन भइ हाल्छ भन्ने आफुलाई नलागेको बताउनुभयो । उहाँले आफु र मोर्चाका नेताहरुबीच सहज रुपमा कुरा हुँदै गरेको दाबी गर्दै सबै राजनीतिक दलहरुबीच नेपाली काँग्रेसको महाधिवेशन पछि  छलफल हुने  दाबी गर्दै तराई केन्द्रीत दलहरुसंग सैद्धान्तिक सहमति भइ रहेको तर टिओआर बन्न मात्र बाँकी रहेको उनीहरु फेरी आन्दोलनमा नफर्कने दाबी गर्नुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १४:११:६