नेपाली कम्युनिष्ट आन्दोलनले बिश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर पाएको छः अध्यक्ष प्रचण्ड

बुटवल । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले बिश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला नेपाली कम्युनिष्ट आन्दोलनले बिश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर पाएको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले नयां परिस्थिति र नयाँ बाटोबाट नेपाली कम्युनिष्टहरु समाजवादको बाटोमा अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । पत्रकार कर्णबहादुर कार्कीले सम्पादन गर्नुभएको लोक समिक्षा पाक्षिक पत्रिकाको आज बुटवलमा लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले अकल्पनिय रुपमा पुरानो सत्ता ढलेका बेला जनमतलाई प्रतिगमनका हिमायतीहरुले भ्रम सिर्जना गरिरहेको बताउनुभयो ।

आफुसंग २ तिहाई मत भएको भन्दै जनताको कुरा सुन्न छाडे परिस्थिती कम्युनिष्ट पार्टीको हातबाट गुम्न सम्क्ने बताउनुभयो । जनताको मतलाई सुरक्षागर्न सकिएन र जनताको कुरा सुनिएन भने परिस्थिती आफ्नो हातबाट फुत्कन बेर नलाग्ने प्रचण्डले चेतावनी दिनुभयो ।

उहाँले दाँयाबाँया र देश भित्र र बाहरिबाट नेकपाका बिषयमा जनतामा भ्रम सिर्जना गर्ने प्रयास भै रहेको भन्दै पार्टीले क्रान्तीको ऐतिहासिक महत्वलाई जनतामा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १०:१५:१६