नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक

साउन ३, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको बैठक मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
मंगलबारको बैठकमा सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्री परिषद बिस्तारका विषयमा कुराकानी भएको थियो । बैठकले थप छलफल गरेर छिट्टै मन्त्री परिषद बिस्तार गर्ने समझदारी गरेको छ । बुधबार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने नेता वर्षामान पुनले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, नेताहरु वर्षामान पुन ‘अनन्त’, बिमलेन्द्र निधि र रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बिहीबार २:१५:५३