माओवादी पार्टीहरुको बैठक सम्पन्न

काठमाडौं, ८ बैशाख । माओवादी पार्टीहरुको बैठक आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । जनयुद्धका समयमा राज्य पक्षबाट भएको दमनका क्रममा बेपत्ता पारिएका बेपत्ता योद्धाहरु र हत्या गरिएका सहिदहरु र भएका क्षतिहरुको विवरण सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत हल गर्ने बैठकले निश्कर्ष निकालेको छ ।

त्यसैगरी सबै माओवादी पार्टी कानूनी डेक्स स्थापना गर्ने भन्ने पनि निर्णय भएको छ । माओवादी पार्टीहरुले यहि बैशाख २० गतेदेखि २५ गते भित्र एक अन्तरक्रिया कार्यक्रम गर्ने पनि भएका छन् । उक्त बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारणकाजी श्रेष्ठ, मोहन बैद्य ‘किरण ’, मणी थापा, हिसिला यमी, मातृका यादव, देव गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कात्तिक ७, २०८१ बिहीबार २:३०:२७