नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न दिइन्नः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न नदिइने स्पष्ट पार्नुभएकाे छ । उहाँले नेपालको आर्थिक विकासमा चीनको सहयोगको अपेक्षा राखेको बताउनुभयाे ।

बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘ चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको र सहयोगको अपेक्षा राखेका छाैं ।’

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, September 6, 2019

नेकपा अध्यक्षले नेकपाको एकताबाट सिर्जित परिस्थितिलाई समृद्धिको यात्रामा रुपान्तरित गर्न चाहेको बताउनुभयाे । उहाँले लामो समयको द्वन्द्व पछि नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, “नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ ।” नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उहाँले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गर्नुभयाे ।

एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहो-याउँदै चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने उहाँले दृढता व्यक्त गर्नुभयाे । अध्यक्ष प्रचण्डले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताउनुभयाे।

कात्तिक ८, २०८१ बिहीबार ९:३:३१