पहिचानको मुद्धा अबिराम राजनीतिक यात्रा, ‘प्रधानमन्त्री’

कार्तिक १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको मुद्धा लामो र अबिराम राजनीतिक यात्रा भएको बताउनु भएको छ ।
आइतबार संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठको पहिचान यात्रा गीति एल्बमको बिमोचन गर्दै प्रधानमन्त्रीले पहिचान र अधिकारको मुद्धा लामो र अबिराम राजनीतिक यात्रा भएको बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘पहिचान र अधिकारको मुद्धा छोटो र तत्कालको राजनीतिक यात्रा होइन । यो त लामो र अबिराम राजनीतिक यात्रा हो । यात्राका क्रममा बसौनीमा थकाई मारिन्छ, सुस्केरा हालिन्छ । त्यसको अर्थ गन्तव्य भूल्नु होइन । बरु, गन्तव्यमा पुग्नका लागि शक्ति सञ्चय गर्नु हो ।’
कार्यक्रममा प्रधानमन्त्रीले सरकार संविधान संशोधनको गृहकार्यमा रहेको बताउँदै संविधान संशोधनले पहिचानको मुद्धालाई अझै स्थापित गर्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले नेपाल सम्वत् नेपालकै मौलिक सम्वत् भएकाले यसलाई स्थापित र व्यवहारमा कार्यान्वयन गर्न सबै क्षेत्रबाट पहल हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संघीय समाजवादी फोरमका नेता अशोक राईले पहिचान र अधिकारको आन्दोलनमा प्रचण्डको बिशिष्ट योगदान रहेको बताउँदै आफूहरुले नयाँ संविधानमा आफ्नो अनुहार देख्न चाहेको बताउनु भयो । कार्यक्रममा नेता राजेन्द्र श्रेष्ठ, कुमार लिङ्देन लगायतले बोल्नु भएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ४:४:३