पार्टी एकता शुद्धीकरण र सुदृढीकरणको महान् अभियान हो: अध्यक्ष प्रचण्ड

काठमाडौं, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी एकता शुद्धीकरण र सुदृढीकरणको महान अभियान पनि भएकाे बताउनुहुँदै पार्टी एकता प्रति इमानदार हुन सबैलाई आग्रह गर्नुभएकाे छ ।

सोमबार राजधानीमा काठमाडौं–सर्लाही सम्पर्क मञ्चले सर्लाहीबाट निर्वाचित सांसदहरुलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयाे, ‘पार्टी एकतालाई तपाई हामी सबैले संकल्प गरौं । हामी आफैभित्रको फोहोर मैला सफा गर्ने ठूलो स्वामिङ पूल जस्तो पनि हो यो पार्टी एकता भनेर बुझ्न जरुरी छ ।’

पार्टी एकता पार्टी एकता वर्षौदेखि आफैभित्र थुप्रिएको फोहोरमैला सफा गरी पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने महान अभियान भएको बताउनुभयाे  । उहाँले भन्नुभयाे, ‘पार्टी एकता सम्बृद्ध नेपाल निर्माण गर्ने स्वाधिन राष्ट्र निर्माण र सुदृढ गर्ने जनताका आशा र आकांक्ष सम्बोधन गर्नै एउटा एतिहासिक र असाधारण प्रक्रिया त हुँदै हो । साथै यो तपाई हामीभित्र वर्षौदेखि थुप्रिएकोे फोहोरमैला सफा गर्ने महान अवसर पनि हो ।’

अध्यक्षले आफूहरु देशभर एउटा महान राष्ट्रिय अभियान लिएर जाने अन्तिम तयारीमा रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रदेश, जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनको एकतालाई अन्तिम रप दिइसकेपछि हामीहरु देशव्यापी अभियान सञ्चालन गर्ने तयारी छौं । यस्तो महान अभियान जसले राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय अभियानकै रुपमा लिन सकोस् ।’

‘त्यो अभियान हामी सबै मिल्दा २१ औं शताब्दीको दोस्रो दशकमा नेपालबाट विश्वलाई एउटा नयाँ विचार, एउटा नयाँ आन्दोलन, संस्कृति र नयाँ अभियान लिएर जान सक्ने सम्भावना छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘त्यसका लागि हामीले आफैभित्रको फोहोरमैला सफा गर्ने संकल्प गर्न सकेनौं भने जनताका आशा, आकांक्षालाई सम्बोधन गर्न नसक्ने सम्भावना पनि उत्तिकै छ ।’

यति बेला नेकपाको शीर्ष नेतृत्व पार्टी एकता र सरकारका काम कारबाही लगायतको विषयका सम्बन्धमा गम्भीर समीक्षा रहेको उहाँकाे भनार्इ थियाे । प्रचण्डले भने, ‘अहिलेसम्म पार्टी एकता काममा के कति काम राम्रोसँग अगाडि बढ्यो । के कति करणले हुन सकेन त्यसबारेमा र सरकारका के कति राम्रा काम भए, के कति राम्रा भएनन् भन्ने बारे हामी गम्भीर समीक्षामा छौं ।’

प्रचण्डले सो अवसरमा आफू र नेकपाले जनता र कम्युनिष्ट आन्दोलनसँग गरेका संकल्प पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले जनता र इतिहास अगाडि जे संकल्प गरेका हो, कम्युनिष्ट आन्दोलन र राष्ट्रलाई अगाडि बढाउने जे सपना देखेको हो र विश्वलाई नेपालबाट जे सन्देश दिने संकल्प गरेको हो त्यो पूरा गर्छौ ।’

सरकारले जनकांक्षा, सम्बसद्ध नेपाल र सुखी नपाली बनाउ लागि परे पनि प्रतिक्रयावादी र जाली फटाहाहरुले ठूलो षड्यन्त्र गरेका बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रतिक्रियावादी, जाली फटाहाहरुले अनेक षड्यन्त्र गरेर पार्टी एकतालाई सुदृढ हुन नदिने र हाम्रो सरकारलाई सफल हुन नदिने पड्यन्त्र गरिरहेका छन् । तर हामी यी सबै अवरोध र पड्यन्त्रलाई चिर्दै हामीले जनता र कम्युनिष्ट आन्दोलन सँग गरेका संकल्प र प्रतिबद्धता पूरा गर्छौं । ’

कात्तिक ७, २०८१ बुधबार १३:१२:३९