पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । बालुवाटारमा सम्पन्न बैठकमा दुबै कार्यदलले बुझाएका प्रतिवेदनको अध्ययन गरी सहमतिमा टुङ्गो लगाउने जिम्मा दुबै पार्टी अध्यक्षलाई दिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि हुनुहुन्थ्यो।

कात्तिक ६, २०८१ बुधबार ५:२४:५०