पार्टी एकताबाट पछि फर्कने ठाउँ नै छैन, “प्रचण्ड”

मंसीर ८, भरतपुर। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माअाेवादीलाई पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै नभएकाे बताउनु भएकाे छ।
“हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पार्टी एकता संयाेजन समिति बनाएर मात्र चुनावी तालमेलकाे छलफल थालेका हाैं” भरतपुर-१८ मा अायाेजित एमाले कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, “हामीले पछाडिकाे पुल भत्काएर अघि बढेका छौं, अब पछि फर्कन खाेजे डुबिन्छ। अब काेही पनि एकताबाट भाग्न सक्ने ठाउँ नै छैन। पार्टी एकता भएन भने म, केपीजी, माधवजी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामू मूख देखाउन लाज हुन्छ। अब कसैले राेकेर पार्टी एकता राेकिँदैन, तपाईहरु कत्ति पनि भ्रममा नरहनु हाेला।”
“म घिसेपिटे तरीकाले कहिल्यै अघि बढिनँ। बिस्तारै बिस्तारै काम गर्ने स्वभाव छैन। अाँटेपछि अघि बढ्ने हामी दुवैकाे चरित्र हाे” प्रचण्डले भन्नुभयाे, “हाम्राे बीचमा धेरै कुरा मिलिसकेकाे छ। जनताकाे बहुदलीय जनवाद र २१ अाैं शताब्दीकाे जनवादकाे बीचबाट नयाँ संश्लेषणमा पुग्छौं। अब हामी हिड्ने शान्तिपूर्ण प्रतिस्पर्धाकाे बाटाे हाे, समाजवादकाे बाटाे हाे। त्यसमा हामी एकमत भएका छौं।”
“साझा घाेषणा पत्र र साझा उम्मेद्वारकाे निकै ठूलाे अर्थ छ” प्रचण्डले भन्नुभयाे, “याे एमाले र माअाेवादी बीच एकताकाे सवाल मात्र हाेइन, राष्ट्रकाे समृद्धि र स्थिरताकाे सवाल पनि हाे। हाम्रा सन्ततिहरुकाे भविष्य निर्माण सवाल हाे। यसलाई पार्टीगत संकिर्णताभन्दा माथि उठेर हेरौं।”

कात्तिक ७, २०८१ बुधबार ७:७:३८