पार्टी भित्रको विवाद विधि र विधानको थियो, पदको थिएनः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति जनाउँदै पार्टी भित्र विधि र विधानको विवाद भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकटको अवस्था आएको हो ।’

अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि ओलीले नमानेको कारण अहिलेको स्थिति आएको बताउनुभयो ।

उहाँले जेमा सहमति भएको थियो त्यो माथि ओलीले अतिक्रमण गरेको उल्लेख गर्दै राजनीतिक प्रतिवेदन नै एकताको आधारमा तयार भएको बताउनुभयो । अध्यक्षले भन्नुभयो, “केपीजिले सहमतिको भाषा भन्दा बाहिर गएर पार्टी फुटाएका हुन् । ओली इमान्दार भएको भए पार्टीमा समस्या आउने थिएन । नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।’

उहाँले अगाडि भन्नुभयो, “जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे । आफू अगाडि बसेर मलाई पछाडि बस भन्यो मैले पनि खुरूखुरू माने, त्यहि मेरो गल्ती भयो । समस्या पनि त्यहिबाट सुरू भयो । मैले पनि ओलीले भनेको खुरुखुरु माने अनि उनमा महत्वकाङ्क्षा बढ्दै गयो । उनी एकलौटी रुपमा चल्न थाले । पार्टीमा समस्या आयो ।”

अध्यक्ष प्रचण्डले केपी ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धी हत्या गर्ने काम गरेको बताताउनुभयो । ओलीले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको बताएका बताएका छन् । अध्यक्ष प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने बताताउनुभयो ।

अध्यक्षले आफ्नो र माधवकुमार नेपालको सम्बन्ध केपी ओलिसँगको जस्तो नभएको स्पष्ट पार्दै ओलीले जसरी जालझेलको सम्बन्ध आफू र अर्का अध्यक्ष माधव कुमार नेपालको होइन भन्नुभयो । उहाँले भन्नुभयो, “हामी विधि र विधान अनुसार चल्छौं नकि जालझेलले ।”

कात्तिक ७, २०८१ बिहीबार ४:२३:३५