पार्टीको विकास बिचार, नीति र कार्यदिशामा भर पर्छः अध्यक्ष प्रचण्ड (भिडियाे)

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विकास बिचार, नीति र कार्यदिशामा भर पर्ने बताउनुभएको छ । आज दिउँसो ललितपुर जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । विकास गर्दै जान्छ वा ओरालो लाग्दै जान्छ भन्ने कुरा त्यो पार्टीले लिने बिचार, राजनीतिक नीति कार्यदिशामाथि भर पर्छ । ”

अध्यक्षले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको भनाई स्मरण गर्दै सहि विचार भए पार्टी नभएपनि पार्टी बनाउने प्रक्रिया अगाडि बढ्ने, राज्य सत्ता नभए सत्ता र सेना नभए सेना पनि प्राप्त हुने बताउनुभयो । उहाँले पार्टी एकताको केहि समयपछि नै केपी ओलीमा व्यक्तिवाद देखिएको बताउनुहुँदै ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको बताउनुभयो ।

उहाँले पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बित्तिकै ओलीले फुट्ने धम्की दिने गरेको स्मरण गर्दै ओलीको कम्युनिष्ट विरोधी कामले नै संघर्ष सुरु भएको धारणा राख्नुभयो । उहाँले पटकपटक ओलीले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको बताउनुभयो ।

ओलीकै कारण उपलब्धी धरापमाा परेको र मुलुक अध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले ७० प्रतिशत भन्दा बढि केन्द्रीय सदस्य आफुहरुसंग रहेकाले आफुहरु नै आधिकारीक नेकपा भएको र निर्वाचन आयोगमा पनि दाबी गरिएको जानकारी दिनुभयो । उहाँले पार्टी आफुहरुले नभई ओलीले फुटाएको तर्क गर्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१९:१६