पूनर्निर्माणका कामलाई तीब्रताका साथ सम्पन्न गरौंः अध्यक्ष प्रचण्ड (भिडियो सहित)

ललितपुर, १३ बैशाख । अध्यक्ष प्रचण्डले भूकम्पले ध्वस्त बनाएका भौतिक सम्पदाको पुनर्निर्माणका कार्यलाई तीब्रताका साथ सम्पन्न गर्नुपर्ने बताउनु भएको छ । ललितपुरमा आयोजित महा–विनासकारी भूकम्पको एक वर्षको स्मरणमा पुनर्निर्माण सम्बन्धी कार्यहरुको शुभारम्भ गर्ने कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, ‘हाम्रा ऐतिहासिक धरोहर जो मानव सभ्यताको विकासको अभिव्यक्तिहरु हुन, राज्य र हामी बचेकाहरुको निम्ति चुनौति छन् कि भूकम्पको प्रतिरोधी धरोहर पूनर्निर्माण गर्न सक्छौं कि सक्दैनौं ।’ उहाँले पूनर्निर्माणको कार्य ढीलो भएको बताउँदै नेपाली जनताले निकै कठिनाई भोग्नु परेको उल्लेख गर्नुभयो । जिम्मेवार राज्य र सचेत नागरिकले नै राष्ट्रि एकतालाई मजबुत बनाउने र नयाँ निर्माणको कामलाई माथि उठाउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘पुनर्निर्माणको शुभारम्भ गर्दा आफूलाई भावुक र गम्भीर बनाएको छ । नकरात्मक परिघटनाहरुलाई सकारात्मक रुपले पुनर्निर्माण गर्नुपर्दछ ।’

CMPrachanda073-01-13 (3)CMPrachanda073-01-13 (2)CMPrachanda073-01-13 (4)CMPrachanda073-01-13 (6)CMPrachanda073-01-13 (1)

कात्तिक ७, २०८१ बुधबार ९:१४:१८