राजनीतिक आन्दोलनले स्थापित नेपालको परिचय अब खेलकूदबाटः अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ बैशाख । अध्यक्ष प्रचण्डले केही वर्ष पहिलो राजनीतिक आन्दोलनले विश्व भरी एक ढंगले स्थापित गरेको नेपालको परिचय अहिले खेलाडीहरुबाट विभिन्न स्तरमा भएको बताउनु भएको छ । अखिल नेपाल खेलकूद संघद्वारा आज राजधानीमा आयोजित प्रथम स्व. लक्ष्मण शमसेर थापा र स्व.पोष्टबहादुर बोगटी स्मृति बक्सिङ ट्रुर्नामेन्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो,‘ राजनीतिका निरस कार्यक्रमका बीचबाट खेल प्रतियोगिताका कार्यक्रममा सहभागी हुँदा मलाई धेरै नै हर्ष र खुसी लाग्छ ।’

नेपालमा अहिले अरु सबै क्षेत्र भन्दा केही आशा गर्न सकिने र गर्व गर्न सकिने क्षेत्र भनेको खेल क्षेत्र नै भएको उहाँको भनाई थियो । उहाँले त्यसको निम्ति सबै खेलाडीहरु, आयोजकहरु र यसमा सहयोग गर्ने सबैलाई विशेष रुपले धन्यवाद पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘खेल क्षेत्रले नेपाललाई परिचित गर्ने र जनतामा आत्मा–अनुशासन पैदा गर्ने अभियान जारी रहोस् भन्दै आफू सधै खेलाडीहरु कै साथमा रहने बताउनु भयो ।  कार्यक्रममा पार्टीका सचिव तथा नेपाल सरकारका उर्जा मन्त्री टोपबहादुर रायामाझीको पनि उपस्थिति रहेको थियो ।

boxing_game_CMPrachanda (3)

boxing_game_CMPrachanda (4)boxing_game_CMPrachanda (2)boxing_game_CMPrachanda (1)boxing_game_CMPrachanda (7)

कात्तिक ७, २०८१ बुधबार ११:२०:५९