प्रधानमन्त्री–अमेरिकी राजदुत भेट

श्रावण २४, काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदुत अलेना बी. टेप्लिट्सबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट बार्ता भएको छ ।
भेट बार्ताका क्रममा राजदुत टेप्लिट्सले प्रधानमन्त्रीलाई बधाई तथा कार्याकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीहरुको हत्याप्रति दुख व्यक्त गर्नुका साथै नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राख्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले बधाई तथा शुभकामना ग्रहण गर्दै सकारात्मक सहयोगका लागि महामहिम राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:६:३१