प्रधानमन्त्रीद्धारा परराष्ट्र सचिवलाई निर्देशन

श्रावण २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले निर्देशनमा भन्नुभयो, ‘साउदी अरबमा सयौं नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ । यथार्थ बुझेर तुरुन्ता–तुरुन्तै उनीलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’ प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दुतावाससँग समन्वय गरी यथाशिघ्र उनीलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिनुभएको हो ।
जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ११:७:५७