प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

श्रावण २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्री मातहतका कर्मचारीहरुको सामूहिक बैठक गरी सरकारको गोल पुरा गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हिजो सचिवस्तरीय बैठकमा मैले सरकारको प्राथमिकता र योजनाबारे निर्देशित गरेको छु, त्यहीँअनुसार परिणाम निकाल्ने गरी काम गर्नुहोला ।’ प्रधानमन्त्रीले समय थोरै र काम धेरै भएकाले युद्धस्तरमा काम गर्न कर्मचारीहरुलाई निर्देशित गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन गर्नुछ, कार्यान्वयन गर्नुछ, पूनर्निर्माण र नवनिर्माणलाई प्रभावकारी बनाउनुछ, समृद्धि र सुशासन स्थापित गर्नुछ, २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन सम्पन्न गर्नुछ । तसर्थ, परिणाममूखी काम गर्नुहोला ।’
बैठकमा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले प्रधानमन्त्री कार्यालयको योजना, प्रगति र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:१०:५६