प्रधामन्त्रीसँग चीनियाँ विज्ञ टोलीको भेट

श्रावण २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोररी रिलेसन्स्को टोलीले भेट गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चीनियाँ टोलीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । भेटमा चीनियाँ टोलीले भूकम्पको पूनर्निर्माणमा चीनियाँ अनुभवको आदान–प्रदान एवं सहयोग गर्न र ठुला परियोजनामा सहयोग गर्न चीन तत्पर रहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए । उक्त भेटमा चीनियाँ विज्ञहरुले नेपालमा चीनियाँ पर्यटकको संख्या वृद्धि गर्न पर्यटन पूर्वाधारमा विकासका लागि अनुरोध गरेका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउन चाहेको भन्दै दुई ठूला देशहरुसँग त्रीदेशीय सम्बन्ध स्थापित गर्न सरकार ईच्छुक रहेको बताउनुभयो । साथै प्रधानमन्त्रीले चीनियाँ राष्ट्रपतिलाई नेपालले छिटै स्वागत गर्न पाउने अपेक्षा गर्दै दुई पक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार १५:२३:८