प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाली प्रधानमन्त्रीद्धारा बधाई

श्रावण २२, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रिमेसिगेले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी श्रीलंकाली प्रधानमन्त्रीले बधाई ज्ञापन गर्नुभएको हो । सो अवसरमा श्रीलंकाली प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डको कार्याकालमा संविधान कार्यान्वयन र राष्ट्रिय समस्याको समाधान हुने विश्वास व्यक्त गर्दै छिटै श्रीलंकाली राष्ट्रपतिसँग भेटबार्ता हुने बताउनुभयो ।
फोन बार्तामा प्रधानमन्त्री प्रचण्डले दुई देशभित्रको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्दै बधाईका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्रीले छिटै औपचारिक भेटघाटमार्फत् सम्बन्ध सुदृढ गर्न आफू ईच्छुक रहेको जानकारी गराउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ७:१५:५९