प्रधानमन्त्री र अस्ट्रेलियाका राजदूतबीच भेट

श्रावण ३१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अस्ट्रेलियाका राजदूतबीच भेटबार्ता भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राजदूतले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । भेटमा उहाँले नयाँ सकारको कार्याकालमा नेपाल र अस्ट्रेलियाबीचको आपसी सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीले नेपालले समावेशी, लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरेको जानकारी गराउँदै संविधानको स्वीकार्यता बढाएर कार्यान्वयन गर्नेतिर सरकार क्रियाशील भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले समापनको दिशामा रहेको जानकारी दिँदै पूनर्निर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार अस्ट्रेलियासँग सहकार्य गरेर अगाडि बढ्न ईच्छुक रहेको बताउनुभयो ।

कात्तिक ६, २०८१ बुधबार ५:२३:१८