प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता

_DSC1305कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज अपरान्ह भेटवार्ता भएको छ ।
आज अपरान्ह शिंहदरवारमा भएको भेटमा प्रधामन्त्रीले नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलवारे जानकारी गराउँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनका पक्षमा प्रमुख दलहरु एक ठाउँ उभिनुपर्ने प्रस्ताव राख्नु भएको थियो ।
संविधान कार्यान्वयनमा सत्ता पक्ष र प्रतिपक्ष नभनी एक ठाउँमा उभिएर अघि बढन प्रधानमन्त्रीको आग्रह थियो ।
दुवै नेताबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन लगायत समसामयिक विषयमा सकारात्मक ढंगले छलफल भएको थियो ।

कात्तिक ६, २०८१ बुधबार २:३३:५९