प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता

बैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमूख प्रतिपक्षी दल ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।
सोमबार दिउँसो सभामूखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक, संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन र बजेटका विषयमा सहमतिका साथ अघि बढ्ने नेता ओलीलाई आग्रह गर्नुभएको थियो ।
भेटमा प्रधानमन्त्री र नेता ओलीबीच राजनीतिक परिस्थितिका विषयमा खुलेर कुराकानी भएको थियो । प्रधानमन्त्रीले बैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा नरोकिने जानकारी गराउँदै सम्पूर्ण राजनीतिक दलहरु मिलेर निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो ।

कात्तिक ६, २०८१ बुधबार ३:३४:१७