प्रधानमन्त्री र एमाले नेताबीच भेटवार्ता

मंसीर ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेताबीच बिहिवार साझ बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक वजेटका विषयमासमेत सुझाव माग्नुभएको थियो ।
छलफलमा प्रधानमन्त्री, उपप्रधानमन्त्री कृष्णवहादुर महरा, एमाले अध्यक्ष केपी ओली, नेताहरु वामदेव गौतम र भिम रावल सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ८, २०८१ बिहीबार ८:५७:५