प्रधानमन्त्री समक्ष प्रज्ञा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत

बैशाख २९, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
आज विहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा प्रतिष्ठानका उपकूलपति गंगा उप्रेतिले प्रधानमन्त्री समक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिवेदनमा आर्थिक वर्ष २०७२÷०७३ मा प्रतिष्ठानले गरेका कार्यहरुको विवरण उल्लेख गरिएको छ ।
प्रतिवेदन ग्रहण गरिसकेपछि प्रधानमन्त्रीले ६० वर्ष लामो इतिहास बोकेको गरिमामय सस्था प्रज्ञा प्रतिष्ठानको विकास र प्रगतिको पक्षमा आफ्नो सधै साथ र सहयोग रहने वताउनु भयो । उहाँले प्रज्ञामा अक्षयकोष र बजेट बृद्धिका लागि आफूले निर्देशन दिइसकेको वताउँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गइसकेको वर्तमान अवस्थामा प्रतिष्ठानको संरचना र यसका कामहरुलाई के कसरी पुर्नसंरचित गर्ने यसमा आवश्यक छलफल र गृहकार्यका लागि प्राज्ञहरुलाई आग्रह गर्नु भयो ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१०:३१