प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको साधारण सभामा भाग लिने कार्यक्रम स्थगित (प्रेस विज्ञप्ति)

असोज २, काठमाडौं । मधेशी, थारु, जनजातिका प्रतिनिधि लगायत आन्दोलनरत दलहरुले अहिले विदेश भ्रमण गर्नुभन्दा प्रधानमन्त्रीले उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठाएको बर्तमान अवस्थामा विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पूनर्निर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्यालाई समाधानमा ध्यान केन्द्रित गर्ने उद्धेश्यले जनआवाजलाई समेत ख्याल गरेर संयुक्त राष्ट्र संघको ७१ औं साधारण सभामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भाग लिन जाने कार्यक्रम स्थगित गरिएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालय

कात्तिक ७, २०८१ बुधबार १५:१०:४