प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

फाल्गुण ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गर्नुभएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले परामर्श लिनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका प्रमूख आयुक्त र आयुक्तहरुलाई बोलाएर प्रधानमन्त्रीले निर्वाचनबारे परामर्श गर्नुभएको हो । परामर्शमा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने तयारी गर्न आयोगलाई आग्रह गर्नुभएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले बैशाख मसान्तभित्र नै निर्वाचन गर्ने गरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको हो ।
भेटमा आयोगका पदाधिकारीहरुले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गर्न सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्ण रुपले सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १५:२०:५९