प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषदमा हेरफेर

 

फागुन २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषदमा हेरफेर गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुले आजै प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
हेरफेर गरिएको मन्त्रीपरिषदमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा दिलानाथ गिरीले जिम्मेवारी पाउनुभएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ, भने खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कात्तिक ७, २०८१ बुधबार ११:२०:५९