प्रधानमन्त्रीसँग नवनियुक्त आइजीपीको भेट

चैत २९, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले नव नियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नव नियुक्त प्रहरी प्रमुख अर्यालले प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भुमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिनु भयो ।

कात्तिक १०, २०८१ आइतबार २:८:५८