प्रधानमन्त्रीसँग फरक किसिकको क्षमता भएका कृष्णप्रसाद पौडेलको भेट

चैत ९, काठमाडौं । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थाल्नुभएका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्नुभएको छ ।
आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने वताउनु भयो । साथै प्रधानमन्त्रीले पौडेलको जिविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । पौडेलको विशेष क्षमता भएको र उहाँको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने प्रधानमन्त्रीले वताउनु भयो ।
अर्घाखाची जिल्लाको ठूलापोखरा(२ रोहोटेपानी निवासी पौडेलले भगवती नि।मा।वि। ठुलापोखरा(२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसक्नुभएको छ । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत हुनुहुन्छ ।
१२ किलो तौल भएका पौडेल ६३ बर्ष पुग्नुभएको छ ।

कात्तिक ९, २०८१ शुक्रबार २०:८:२१