माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक सम्पन्न

चैत ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक पुरै पार्टी पंङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।
बुधवार दिउसो बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण र मधेशी मोर्चासँग भइरहेको छलफलबारेमा जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने जानकारी बैठकमा दिनुभएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिनु भयो ।
प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने तथा औपचारिक सम्झौताका लागि आधार तयार पार्ने काम हुनेछ ।
यसैगरी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले मधेशी मोर्चासहित आन्दोलनरत पक्षसँग सहमतिका लागि भइरहेका प्रयासवारे जानकारी गराउनुभएको थियो । बैठकले संविधान संशोधनको प्रस्ताववाट सिमांकनको विषयमा अहिले दुई तिहाई पुग्न नसकेका कारण तत्कालका लागि थाति राखी भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र इलेक्ट्रोरल कलेजका सम्वन्धमा संशोधन अघि बढाउने निर्णय गरेको प्रवक्ता भुषालले जानकारी दिनुभएको छ ।

कात्तिक ९, २०८१ शुक्रबार २२:६:८