प्रवासी नेपाली प्रतिनिधी मण्डलद्वारा अध्यक्ष कमरेड प्रचण्डसँग भेट

काठमाडौं, १३ असार । प्रवासी नेपाली प्रतिनिधिमण्डले अध्यक्ष कमरेड प्रचण्डसँग भेट गर्यो । उक्त भेटमा प्रवासि नेपाली एकता मञ्चका पूर्व अध्यक्ष टीवी पाठक, आरबी खड्का प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी, गोपाल थापालगायतका प्रतिनिधि मण्डलको सहभागीता थियो । प्रवासी नेपाली प्रतिनिधि मण्डलले अध्यक्ष क. प्रचण्ड समक्ष प्रवासी नेपालीहरुको विविध समस्याको विषयमा लिएर ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रवासी नेपालीहरुको समस्या जायज रहेको र ती समस्याहरुको समाधानका लागि पहल गर्ने बताउनु भयो । त्यस क्रममा प्रतिनिधि मण्डलले अध्यक्ष समक्ष सन् १९५० को सन्धीलगायत असमान सन्धीहरु खारेज गरिनुपर्ने, नेपाली नागरिकता वा पासपोर्टको आधारमा बैंक खाता खोल्ने पाउनुपर्ने, नेपाली दुतावासबाट निष्कासन गरिएका कर्मचारीको पुनस्र्थापना गरिनुपर्ने, नेपाली मजदुरहरुको पेन्सन सहज स्थानमा उपलब्ध गराइनु पर्ने, भारतबाट नेपालमा फोन गर्दा लाग्ने शुल्क घटाइनुपर्ने लगायतका प्रवासी नेपालीहरुले भोग्नु परेका समस्याहरु राख्यो ।

सो क्रममा उहाँले भन्नुभयो, ‘हामीले संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको चाहाना पुरा गरेका छौं र अहिले हामी संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा गर्ने, पुनर्निर्माणका कामलाई अघि बढाउने, जनताका जनजीविकाका समस्यालाई हल गर्ने काममा केन्द्रित भएका छौं ।’ उहाँले यसको लागि राष्ट्रिय एकताको आवश्यकता भएको बताउनु भयो ।

कात्तिक ९, २०८१ शुक्रबार ७:९:४