‘बजेटले मध्यम वर्गलाई सम्बोधन गरे पनि मजदुर किसानलाई छोएन’

काठमाडौं १६ जेठ । अध्यक्ष प्रचण्डले शनिवार सरकारले जारी गरेको बजेटले बजेटले मध्यम वर्गलाई सम्बोधन गरे पनि मजदुर किसानलाई नछोएको बताउनु भएको छ । व्यवस्थापिका संसदीय दलको आज दिउँसो बसेको बजेटबारे छलफललाई सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो, ‘यो बजेट पहिले कै बजेटको निरन्तरतामा छैन ।’

अध्यक्षले शान्ति प्रक्रिया टुंग्याउनको निम्ति संवोधन गर्ने जमर्को गरेको बताउनु भयो । बजेटले जनयुद्धका सहिद, बेपत्ता, घाइते योद्धाहरुलाई समेट्न कोशिस गरेको छ र यसले बहिर्गमनमा परेका जनसेनालाई पनि सम्बोधन गर्ने प्रयत्न गरेको छ । उहाँले बजेटमा संस्थागत ढाँचा नभएको पनि औल्याउनु भयो । सहिद परिवारले ५ लाख पाई सकेका र अर्को ५ लाखयो बजेटमा व्यवस्था गर्ने भनिएको थियो तर बजेट वक्तव्यमा अलि रकमी भाषा प्रयाेग गरिएको छ ।’

sadan_CM
उहाँले भन्नुभयो, ‘बजेटलाई संविधानमा राखिएका प्रावधान अनुरुप छ कि छैन, शान्ति प्रक्रियासँग सम्बन्धित छ कि छैन, भूकम्पबाट भएको क्षतिको पुर्निर्माणलाई सम्बोधन गरेको छ कि छैन, आदिवासी जनजाति, थारु मुस्लिम मधेसका जनताले उठाएका कुराहरुलाई संबोधन गरेको छ कि छैन भनेर हेर्नुपर्छ ।’

‘९ बुँदे सहमति भित्र भद्र सहमति भएको थियो । त्यसमा नीति तथा कार्यक्रम र बजेट सदनमा पेश भएपछि एमालेले सरकार छोड्ने र हाम्रो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन मद्दत गर्ने भद्र सहमति भएको थियो । हामीलाई बहुमतको बलमा सरकारको नेतृत्व गर्न जरुरी छैन । सरकार ढाल्न र अर्को सरकार बनाउन कुनै हतारो छैन ।’

कात्तिक ७, २०८१ बुधबार ९:१४:५१