बाँकेमा भएको सवारी दुर्घटना प्रति अध्यक्ष प्रचण्डद्वारा दुःख प्रकट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

उहाँले निधन भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । त्यसैगरी दुर्घटनामा घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको निःशुल्क स्वाथ्योपचारको माग पनि गर्नुभएको छ । अध्यक्षले भन्नुभएको छ, ‘लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँदछु ।’

भावपूर्ण श्रद्धाञ्जली

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले स्तब्ध भएको छु । उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँदछु ।

– प्रचण्ड, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

कात्तिक ७, २०८१ बुधबार ७:२०:१५