बामपन्थी सरकारकाे छिमेकीसँग सुदृढ सम्बन्ध रहन्छ, “प्रचण्ड”

मंसिर १६, कपिलवस्तु। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने बामपन्थी सरकारकाे भारत र चीनसँग सन्तुलित र सुदृढ सम्बन्ध रहने बताउनु भएकाे छ।
“कम्युनिष्टहरुले जिते अधिनायकवाद अाउँछ, नाकामा शिलबन्दी हुन्छ जस्ता भ्रम छरिएकाे रहेछ” शुक्रबार दिउँसाे कपिलवस्तु निर्वाचन क्षेत्र नं.-१ काे चुनावी सभालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, “मेराे केही दिन अघि मात्र भारतीय प्रधानमन्त्रीसँग कुरा भएकाे थियाे। भारतीय जनता र भारत सरकार पनि नेपालमा शान्तिपूर्ण निर्वाचनमार्फत् राजनीतिक अस्थिरता र विकास हाेस् भन्ने चाहन्छन्। चीन पनि त्यही चाहन्छ। हाम्राे छिमेकीहरुसँग सन्तुलित सम्बन्ध छ, सुदृढ सम्बन्ध छ। चुनावपछि बामपन्थी सरकार बन्छ, बामपन्थी सरकारकाे चीन र भारतसँग मैत्रीपूर्ण र सुदृढ सम्बन्ध रहन्छ। जनतालाई अनावश्यक अातङ्कित बनाएर चुनाव जित्ने सपना कसैले नदेख्दा हुुन्छ।”
“नेपाल ७० वर्षदेखि राजनीतिक अस्थिरताकाे भूमरिमा पर्दै अायाे। २०४६ सालकाे अान्दाेलनपछि सरकारहरु बने। तर, कुनै पनि सरकार पाँच वर्ष टिकेनन्। गणतन्त्रपछि त स्थिरता अाउला भनेकाे त्याे पनि हुन सकेन” प्रचण्डले भन्नुभयाे, “संविधान निर्माणपछि स्थिरता हाेला भन्ने हाम्राे अपेक्षा पनि पूरा हुन सकेन। तीन वर्षमा तीन सरकार फेरिने बिडम्बना देशले भाेगिरह्याे। अब हामी याे स्थिति उल्टाउन चाहन्छौं। राजनीतिक स्थिरता र बहुमतकाे सरकारले मात्र विकास र समृद्धिकाे ढाेका खाेल्न सक्छ। हामीले चाहेकाे बहुमतकाे सरकार हाे, अधिनायकवाद हाेइन।”
शुक्रबार नै अध्यक्ष प्रचण्डले उपत्यकाका २ स्थानमा अायाेजित चुनावी सभाहरुलाई सम्बाेधन गर्नुभयाे। काठमाडौंकाे पेप्सिकाेलामा अायाेजित सभामा अध्यक्ष प्रचण्डले भन्नुभयाे, “नेपालमा शान्ति प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न कमरेड माधव नेपालकाे महत्वपूर्ण हात छ। शान्ति सम्झौतालाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने नेताकाे विजयले समृद्धिकाे यात्रा सफल पार्न पनि महत्वपूर्ण याेगदान मिल्ने मेराे विश्वास छ।”
“ललितपुर नेपालकाे सांस्कृतिक राजधानी बन्न सम्भव छ” ललितपुरमा अायाेजित सभामा प्रचण्डले भन्नुभयाे, “कमरेड पम्फा भुसाल नेपालकाे राजनीतिमा क्रियाशील महिला नेताहरुमा स्थापित नाम हाे। उहाँकाे विजय प्रतीकात्मक अर्थमा न्याय, स्वतन्त्रता र समानताकाे अावाज बाेक्ने अाम महिलाहरुकाे विजय हाे।”
देशभरिकाे चुनावी अभियानकाे अवस्था बुझ्न र विभिन्न क्षेत्रमा अायाेजित सभाहरुलाई सम्बाेधन गर्न बिहीबार काठमाडौं अाउनु भएका अध्यक्ष प्रचण्ड शुक्रबार कपिलवस्तुकाे सभालाई सम्बाेधन गरि चितवन फर्कनुभएकाे छ।

कात्तिक ७, २०८१ बुधबार २१:७:४५