बाहिर त्यति नदेखिए पनि सरकारले युगान्तकारी काम गरेकाे छः अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताउनुभएकाे छ । उहाँले सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२आँै वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्षले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताउनुभयाे ।

उहाँले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको बताउनुभयाे । गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १४:१४:५८