बेलायती राजदुत र डिएफआईडी प्रमुखद्वारा सम्माननीय प्रधानमन्त्रीलाई बधाई

श्रावण २१, काठमाडौं । नेपालका लागि बेलायतका राजदुत रिचार्ड मोरिस र डिएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले बिहीबार बिहान सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नीजि निवास लाजिम्पाटमा भेटी बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनुभएको छ ।
सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट बधाईको लागि धन्यवाद दिनुभयो । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सम्मानीय प्रधानमन्त्रीलाई बधाई दिने क्रम जारी रहेको छ ।

कात्तिक ७, २०८१ बुधबार ११:१९:३७