भारत भ्रमण फलदायी भएको माओवादी केन्द्रको निष्कर्ष

असोज ३, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘केन्द्रीय कार्यालयको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणको बारेमा पार्टीका नेताहरुलाई जानकारी गराउनुभयो । भारतका राष्ट्रपति, प्रधानमन्त्री, नेताहरु, उद्योगी व्यवसायी, बुद्धिजीवी र प्रवासी नेपालीहरुसँगको अन्तक्र्रियासम्म आइपुग्दा भ्रमण निकै फलदायी भएको छ । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।’
प्रवक्ता भुसालले केन्द्रीय कार्यालयको अर्को बैठक असोज ४ गते बिहान ८ बजे बस्ने पत्रकारहरुलाई जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ७:९:४२